आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘केन्द्रीय समीकरण फेरिए लुम्बिनी सरकार परिवर्तन हुन्छ’

‘केन्द्रीय समीकरण फेरिए लुम्बिनी सरकार परिवर्तन हुन्छ’

लुम्बिनी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री कुलप्रसाद केसीले केन्द्रमा राजनीतिक समीकरण मिल्नासाथ प्रदेशमा पनि सरकार परिवर्तन हुने बताएका छन्।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

बुटवल- लुम्बिनी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री कुलप्रसाद केसीले केन्द्रमा राजनीतिक समीकरण मिल्नासाथ प्रदेशमा पनि सरकार परिवर्तन हुने बताएका छन्।

लामो समयसम्म पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा तटस्थ बस्न खोजेका मन्त्री केसीले अंहकार र दम्भका कारण राजनीतिक गत्यारोध पैदा भएको भन्दै अब सरकार परिवर्तनको हुने संकेत गरेका हुन्। लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलपछि केसी दोस्रो वरियताका मन्त्रीका रुपमा लिने गरिन्छ।

आइतबार बुटवलमा रिपोटर्स क्लव नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले छिट्टै निकास निस्कने बताए। केन्द्रीय राजनीति प्रदेशमा पनि हाबी भएकाले प्रदेश सरकार परिवर्तन हुन सक्ने उनले बताए।

उनले संघीयता आए पनि प्रदेश र स्थानीय तहलाई व्यवहारिक रुपमा अधिकार संघीय सरकारले नदिएको गुनासो गर्दै केन्द्रीय राजनीति तल्लो तहसम्म हाबी रहेको दाबी गरे।
उनले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या नै त्यसैको प्रतिफल भएको बताए।

प्रकाशित: Apr 11, 2021| 13:46 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।