काठमाडौं- शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ। हेलिकप्टर र दमकलको प्रयोगबाट डढेलो नियन्त्रणमा लिइएको नेपाली सेनाले जानकारी दिएको छ।
निकुञ्जको डेढलो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त प्रयास गरेका थिए। ।
'आइतबार बिहान ९:४० बजेबाट लागेको आगो ३ वटा दमकलसहित खटिएको ७६ जनाको अग्नि नियन्त्रक टोलीको प्रयासमा नियन्त्रणमा आएको छ,' नेपाली सेनाले भनेको छ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।