आइतबार, भदौ १४, २०८३

कप्तान धोनीलाई पहिलो खेलमै जरिवाना

शनिबार राति दिल्ली क्यापिटलसँग हार बेहोरेको चेन्नईका कप्तान महेन्द्र सिंह धोनीलाई इन्डियन प्रिमियर लिग (आईपीएल) ले १२ लाख भारतीय रुपैयाँ जरिवाना गरेको छ।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

काठमाडौं- शनिबार राति दिल्ली क्यापिटलसँग हार बेहोरेको चेन्नईका कप्तान महेन्द्र सिंह धोनीलाई इन्डियन प्रिमियर लिग (आईपीएल) ले १२ लाख भारतीय रुपैयाँ जरिवाना गरेको छ।

दिल्लीविरुद्धको खेलमा तीन बलर र आठ ब्याट्समेनका साथ मैदान उत्रिएका धोनीलाई आईपीएलले स्लो ओभर रेटका कारण जरिवाना गरेको हो।

यससँगै धोनीले १४ औं संस्करणको आईपीएलको दुखद यात्रा सुरु गरेका छन्। पछिल्लो सिजनमा पनि कमजोर सावित भएको चेन्नईले सुरुकै खेलमा नयाँ प्रयोग गरेको थियो। जसमा उ सफल हुने सकेन।

जारी सिजनमा आईपीएलले गरेको यो पहिलो जरिवाना हो। आईपिएलमा ९० मिनेटमा २० ओभर सक्नुपर्ने नियम छ। त्यस्तै, १४ ओभर खेल्नका लागि खेलाडीले धेरैमा एक घण्टा लिन पाउनेछन्।

प्रकाशित: Apr 11, 2021| 11:55 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।