काठमाडौं- शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा लिन हेलिकप्टर प्रयोग गरिएको छ। डढेलो निभाउन हेलिकप्टरको प्रयोग गरिएपनि आगो नियन्त्रणमा आउन नसकेको महाराजगञ्ज प्रहरी प्रमुख डिएसपी रोशन खड्काले बताए।
आइतबार दिउँसो निकुञ्जमा सुरु भएको डेढलो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयास जारी छ। ‘आगो निभाउन हेलिकप्टरबाट पानी ओसारिँदै छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय लागी परेपनि डढेलो नियन्त्रणमा आउन सकेको छैन,’ डिएसपी खड्काले नेपाल समयसँग भने।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए। आगलागीको कारण खुल्न नसकेको र बस्ती डढेलो पस्न नदिन सुन्दरीजलबाट पानी ल्याई दमकल तैनाथ गरिएको खड्काले बताए।
शिवपुरी जंगलमा लागेको अागो निभाउँदै एक हेलिकप्टर!! pic.twitter.com/H0vldYpxz4
— प्रद्युम्न? (@Pradyumna7) April 11, 2021