आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादीले ध्वस्त बनाएको ‘झिम्पे टावर’ २३ वर्षपछि सञ्चालन

माओवादीले ध्वस्त बनाएको ‘झिम्पे टावर’ २३ वर्षपछि सञ्चालन

सल्यानको पाथीभरा लेकमा नेपाल टेलिकमको ‘झिम्पे टावर’ सञ्चालनमा आएको छ।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

सुर्खेत- सल्यानको पाथीभरा लेकमा नेपाल टेलिकमको ‘झिम्पे टावर’ सञ्चालनमा आएको छ। सेवा बन्द भएको झण्डै २३ वर्षपछि झिम्पे टावर पुनः सञ्चालनमा ल्याइएको हो। आज (आइतबार) देखि झिम्पे टावर सञ्चालनमा आएको नेपाल टेलिकम कर्णाली प्रदेशका प्रमुख नारायण खुशीले जानकारी दिए।

टावर सञ्चालनमा आएपछि सल्यानको पूर्व क्षेत्र (छत्रेश्वरी, त्रिवेणी, सिद्धकुमाख, कपुरकोट, शारदा र बागचौर नगरपालिका) रोल्पाको सुकीदह र त्रिवेणी गाउँपालिका तथा रुकुमपश्चिमका केही भू–भागमासमेत सञ्चार गर्न सहज हुनेछ।

छत्रेश्वरी गाउँपालिका–२ मा झिम्पे टावर समुद्री सतहदेखि २ हजार ७०० मिटर उचाइमा छ। दश वर्षे युद्धका क्रममा तत्कालीन माओवादीले २०५४ साल पु ९ गते टावरमा आक्रमण गरेर ध्वस्त बनाएको थियो।

छत्रेश्वरी गाउँपालिकाको सक्रियता तथा विद्युत प्राधिकरणको समन्वयमा टेलिकमले टावर सञ्चालनमा ल्याएको हो।
 

प्रकाशित: Apr 11, 2021| 11:23 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।