आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा खाद्यान्न अभाव टार्न सुपथ मूल्य पसल सञ्चालनको तयारी

कर्णालीमा खाद्यान्न अभाव टार्न सुपथ मूल्य पसल सञ्चालनको तयारी

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन सुपथ मूल्य पसल सञ्चालन गरिने भएको छ। 
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

सुर्खेत- कर्णालीमा खाद्यान्न अभाव हुन नदिन सुपथ मूल्य पसल सञ्चालन गरिने भएको छ। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतको सिफारिसमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले कर्णाली प्रदेशका ११ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो।

सुपथ मूल्य पसल सञ्चालनका लागि डब्लुएफपी र कम्पनीसँग सहमति भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतका कार्यालय प्रमुख माधव मिश्रले जानकारी दिए।

सहमतिअनुसार डब्लुएफपीले लगानीको स्रोत र सुपथ मूल्य पसल रहने स्थानको विस्तृत अध्ययन गरिरहेको छ। मिश्रका अनुसार कर्णाली प्रदेशका ११ स्थानसहित, सुदूरपश्चिमका २ र लुम्बिनी प्रदेशको १ स्थानमा पनि सुपथ मूल्य पसल सञ्चालन गरिनेछ।

कर्णाली प्रदेशका दैलेख, रुकुमपश्चिम, जाजरकोट, हुम्ला, मुगु र डोल्पाका विभिन्न ११ स्थानमा पसल राखिने छ। जसमध्ये रुकुमपश्चिमको स्याँलाखाडीमा ४४, जाजरकोटमा जुनीचाँदेको ताँगाचौरमा १५० र नगलाडमा ८८, हुम्लाको छप्रेलामा ८८, देउलीमा ८८, एलबाङ्मा १४८, खार्पुनाथमा १००, मुगुको कालैमा १७७, रातापानीमा ११५, डोल्पाको सहत्तरामा १७७ र दैलेखको ठाँटीकाँधमा ५० मेट्रिक टन खाद्यान्न बिक्रि गर्ने लक्ष्य लिइएको छ।

त्यसैगरी लुम्बिनी प्रदेशको रुकुमपूर्वको तक्सेरामा ४४ र सुदूरपश्चिम प्रदेशमा बझाङ जिल्लाको सैपाल गाउँपालिकाको वडा नं. ३ कान्डामा १०६ र बाजुराको कबडीमा ३५४ मेट्रिक टन खाद्यान्न बिक्रि गर्ने लक्ष्य लिइएको छ। पसल सञ्चालनमा आएपछि ठेकेदारले ढुवानी गरेको समयमा चामल किन्न नसक्ने स्थानीयलाई ठूलो राहत मिल्नेछ।

पसलले स्थानीय उत्पादन खरिद गर्ने र अभाव भएको समयमा त्यहीँका स्थानीयलाई बिक्रि गर्नेछ। सोही ठाउँमा बिक्रि नहुने स्थानीय उत्पादन भने सुपथ मूल्य पसलले कर्णाली बाहिर निर्यात गर्नेछ। पसल सञ्चालन गरेको खण्डमा दीर्घकालीन रुपमै खाद्यान्न अभाव टर्ने र स्थानीय उत्पादनलेसमेत बजार पाउने अपेक्षा गरिएको छ।

कर्णालीलाई वार्षिक २५ हजार ४२८ मेट्रिक टन खाद्यान्न अपुग हुन्छ। प्रदेशलाई वार्षिक ३ लाख ५२ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ। तर ३ लाख २६ हजार ५७३ मेट्रिक टन मात्र उत्पादन हुन्छ।

प्रकाशित: Apr 11, 2021| 10:02 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।