आइतबार, भदौ १४, २०८३

देउवा र पौडेलबिनै कांग्रेस पदाधिकारी बैठक सुरु

नेपाली कांग्रेसको पदाधिकारी बैठक सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ।

सभापति शेरबहादुर देउवाले पार्टीका पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरूसमेत सहभागी हुने गरी बैठक बोलाएका थिए।

बैठक सुरु भइसके पनि देउवा भने आइपुगेका छैनन्। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि बैठकमा सहभागी छैनन्।

देउवा कार्यव्यस्तताका कारण उपस्थित नभएको बताइएको छ। वरिष्ठ नेता पौडेल भने उपत्यका बाहिर भएका कारण बैठकमा सहभागी हुन नसकेका हुन्।

बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय पूर्णबहादुर खड्का र शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मालगायत सहभागी छन्।

भोलि सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्न सभपाति देउवाले बैठक बोलाएका हुन्। आजको बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुनेछ।

साथै बैठकले माओवादी केन्द्र र जसपासँग सत्ता समीकरणका लागि भइरहेको छलफलको समीक्षा तथा थप रणनीति तय गर्ने जनाइएको छ।

बैठकमा १४औं महाधिवेसनलाई केन्द्रबीन्दुमा राखेर नेताहरूबीच छलफल हुनेछ।

प्रकाशित: Apr 11, 2021| 09:29 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।