आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुर उद्योग वाणिज्य संघको मतगणनास्थलमा ढुंगामुढा, प्रहरीद्वारा बल प्रयोग

जनकपुर उद्योग वाणिज्य संघको मतगणनास्थलमा ढुंगामुढा, प्रहरीद्वारा बल प्रयोग

जनकपुर उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा विवाद उत्पन्न भएको छ। खसेको मतभन्दा बढी मतपत्र पाइएको भन्दै एक पक्षले प्रदर्शन गरेपछि विवाद उत्पन्न भएको हो। विवाद भएपछि प्रहरीले बलसमेत प्रयोग गरेको छ।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

जनकपुरधाम- जनकपुर उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा विवाद उत्पन्न भएको छ। खसेको मतभन्दा बढी मतपत्र पाइएको भन्दै एक पक्षले प्रदर्शन गरेपछि विवाद उत्पन्न भएको हो। विवाद भएपछि प्रहरीले बलसमेत प्रयोग गरेको छ। 

वरिष्ठ उपाध्यक्ष पदको मतगणना जारी रहेको समयमा उक्त पदका उम्मेदवार सुरेन्द्र भण्डारी पक्षले  खसेको मतभन्दा बढी मतपत्र फेला परेको आरोप लगाउँदै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको हो। भण्डारी पक्षले निर्वाचन समितिले धाँधली गरेको आरोप लगाएको छ। मतगणनास्थलमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। 

भण्डारी पक्षधरले निर्वाचन समितिको विरोध गर्दै मतगणनास्थल गोपाल धर्मशालामा टायर बालेर प्रदर्शन गर्नुका साथै ढुंगामुढासमेत प्रहार गरेका छन्। 

प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले बल प्रयोग गरी भिड नियन्त्रण लिएको छ। प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी सामान्य घाइते भएको बताइएको छ।

प्रदर्शनकारीहरुले ४३११ जनाले मात्र मतदान गरेको तर ४४ मतपत्र बढी भेटिएको आरोप लगाएका छन्। निर्वाचन समितिले धाँधली गरेकोसमेत उनीहरूको आरोप छ। 

यता निर्वाचन समितिले भने मतगणनामा कुनै धाँधली नभएको बताएको छ। उपाध्यक्ष पदमा मनिषरमण साहले अग्रता लिएपछि सोही पदका प्रत्यासी भण्डारी पक्षधर जबरजस्ती विवाद सिर्जना गरेको समितिको भनाइ छ। विवादका कारण अहिले मतगणना स्थगित छ। 

यता, संघको अध्यक्षमा भने जितेन्द्र महासेठ विजयी भइसकेका छन्। उनले निकटतम प्रतिद्वन्द्वी जितेन्द्र प्रसाद साहलाई एक हजारभन्दा बढी मतान्तरले पछि पार्दै विजयी भएका हुन्। अन्य पदको मतगणना भने अहिलेसम्म सम्पन्न भएको छैन। 

प्रकाशित: Apr 11, 2021| 08:46 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।