शनिबार, असोज १०, २०८३

सानिमा बैंकको नव वर्ष २०७८ अफर योजना

सानिमा बैंकले ‘नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना’ सार्वजनिक गरेको छ। अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो। 
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

काठमाडौं- सानिमा बैंकले ‘नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना’ सार्वजनिक गरेको छ। अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो। 

यो योजनाअन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम् १ हजारसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम् १ हजार ५ सय सम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ।

यो योजना २०७७ चैत्र २९ देखि २०७८ वैशाख ७ गते सम्म लागू जनाइएको छ। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ विभागका निरजराज श्रेष्ठ र दराज केयमुको तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरेका छन्।

बैंककोे डेबिट तथा क्रेडिट कार्डका लागि बैंकको वेबसाइटबाट समेत आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रकाशित: Apr 11, 2021| 07:44 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्