शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्यमी ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ)बाट सम्मानित

उद्यमी ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ)बाट सम्मानित

 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन्। शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विभूषण सुशोभन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई उक्त विभूषणबाट सम्मानित गरेकी हुन्।  

नेपाल सरकारले गत वर्षको असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा ढकाललाई उक्त विभूषणबाट सम्मानित गर्ने घोषणा गरेको थियो। नेपालका लागि इन्डोनेशियाका अवैतनिक दूतसमेत रहेका उद्यमी ढकालको विप्रेषण, बैंक तथा वित्त, पर्यटन, ऊर्जा, सूचना प्रविधि, हस्पिटालिटी उद्योग तथा विमालगायत दर्जनौ क्षेत्रमा लगानी रहेको छ। 

प्रकाशित: Apr 11, 2021| 07:41 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्