शनिबार, असोज १०, २०८३

नबिल बैंकको जेन–एन बचत खाता

 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

काठमाडौं- नबिल बैंकले जेन–एन बचत खाता ल्याएको छ। नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरी यो खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गरिएको नबिल बैंकले जनाएको छ। यसमा नेपाल टेलिकम, एनसेल २ जीबी डाटा प्याकेजको विशेष सुविधाका साथै थुप्रै प्रबिधिमैत्री सेवा मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड रहेको बैंकले जनाएको छ।

कोरोनाको असहज परिस्थितिका बावजुद यस बचत खाता संचालनमा आएको एक वर्ष नपुग्दै १ लाख बढी ग्राहकहरुलाई समाहित गरेको बैंकले जनाएको छ।

प्रकाशित: Apr 11, 2021| 07:40 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्