शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डिशहोमको खुसीको उडानअन्तर्गत दुईजनाले पाए बैंकक घुम्ने मौका

डिशहोमको खुसीको उडानअन्तर्गत दुईजनाले पाए बैंकक घुम्ने मौका

 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

काठमाडौं- डिशहोमले ‘खुसीको उडान’ योजना सुरु गरेको छ। योजनाको लक्ष्य हरेक सक्रिय ग्राहकलाई हरेक बिहीबार खास उत्साह र खुसी प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ।

यस योजनाअन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीले बैंककको भ्रमण गर्न सक्नेछन्। लक्की ड्रमा सहभागी हुने ग्राहकले आफ्नो सदस्यतालाई डिशहोमका डिलरमार्फत फन्ड ट्रान्सफरबाट टप अप गरेका हुन्छन्। साथै, ई–वालेट एप्स र रिचार्ज कार्डबाट रिचार्ज गरेर पनि योजनामा सहभागी हुन सक्ने डिशहोमले जनाएको छ। वार्षिक रिचार्जमा विशेष छुट पनि प्राप्त गर्न सक्ने जनाइएको छ।
 
डिशहोमको पहिलो लक्की ‘ड्र’को क्यास आईडी नम्बर ०२५५८१३३९६० र क्यास आईडी ०२५१९२५०८८५ रहेको कम्पनीले जनाएको छ।
डिशहोमका रियालिटी टीभी, रमाइलो टीभी, सरोकार टीभी र डिशहोम सोकेस च्यानलबाट प्रत्यक्ष लक्की ‘ड्र’ हुने कम्पनीले जनाएको छ। दोस्रो लक्की ‘ड्र’ आगामी वैशाख २ गते हुनेछ।
 

प्रकाशित: Apr 11, 2021| 07:39 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्