शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ‘इसेवाको कारोबार, सुनै सुनको बहार’ योजनाका विजेताले पाए पुरस्कार

‘इसेवाको कारोबार, सुनै सुनको बहार’ योजनाका विजेताले पाए पुरस्कार

 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

काठमाडौं– नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्ना एजेन्ट नेटवर्कलाई लक्षित गरी सञ्चालन गरेको ‘इसेवाको कारोबार, सुनै सुनको बहार’ नामक योजनाका विजेतालाई उपहार हस्तान्तरण गरिएको छ। 

राजधानीमा एक कार्यक्रमका बिच इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले उपहार हस्तान्तरण गरेका थिए। यस योजनामा ५ जनाले एक–एक तोला सुन, १८ जनाले ल्यापटप, २२ जनाले एण्ड्रोइड मोबाईल, ५१ जनाले २५ हजार रिवार्ड पोइन्ट, ३ सय ४ जनाले १० हजार रिवार्ड पोइन्ट, ८ सय १६ जनाले ५ हजार रिवार्ड पोइन्ट जित्न सफल भएका छन्।

इसेवामा आवद्ध भई कारोबार गरिरहेका सम्पूर्ण एजेन्ट नेटवर्कलाई मध्यनजर गर्दै इसेवाले बोनस रिवार्डका साथै ल्यापटप, मोबाइलदेखि सुनसम्म जित्न सकिने बम्पर अफर उपहार योजना  सञ्चालन गरेको थियो। जसमा करिब १ लाख भन्दा बढी इसेवा एजेन्टहरुले सहभागिता जनाएका थिए। 
 

प्रकाशित: Apr 11, 2021| 07:35 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्