शनिबार, असोज १०, २०८३

तोलामा चार सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। पछिल्ला केही दिन यता उकालो लागेको सुनको मूल्य यो साताको पहिलो दिन भने चार सयले घटेको हो।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। पछिल्ला केही दिन यता उकालो लागेको सुनको मूल्य यो साताको पहिलो दिन भने चार सयले घटेको हो।

शुक्रबार ८९ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज चार सयले घटेर प्रतितोला ८९ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ५० रूपैयाँ तोकिएको छ। चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १२ सय ७५ रूपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ८० रूपैयाँ रहेको थियो।

प्रकाशित: Apr 11, 2021| 06:03 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्