आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चितवनमा गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु, सात घाइते

चितवनमा गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु, सात घाइते

भरतपुर महानगरपालिका-१९, रामपुरमा गाडी अनियन्त्रित भई कल्भर्टको डिलमा ठोक्किएर पल्टँदा दुईजनाको मृत्यु भएको छ।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

चितवन - भरतपुर महानगरपालिका-१९, रामपुरमा गाडी अनियन्त्रित भई कल्भर्टको डिलमा ठोक्किएर पल्टँदा दुईजनाको मृत्यु भएको छ। सातजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष छन्।

तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चारजनाको उपचार भइरहेको छ। 

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। 

भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नम्बरको म्याजिक भ्यान आज बिहान ९ः३५ बजे दुर्घटनामा परेको हो।

प्रकाशित: Apr 11, 2021| 05:27 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।