आइतबार, भदौ १४, २०८३

माछा मार्न गएका युवकको ६ दिनपछि शव फेला

माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको ६ दिनपछि शव फेला परेको छ। 
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

गोरखा - माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको ६ दिनपछि शव फेला परेको छ। 

गोरखाको शहीद लखन थापा गाउँपालिका–४, ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। 

यही चैत २३ गते सोमबार साँझ साथीहरूसँगै घरबाट माछा मार्न भनेर नदीमा गएका प्रजा नफर्किएपछि उनको खोजी हुँदै आएको थियो।

प्रजाको शव त्रिशूली नदी किनारमा फेला परेको उनले बताए। 

उनलाई नदीले बगाएर बेपत्ता बनाएको थियो। बेपत्ता प्रजाको सोही रातिदेखि खोजी भए पनि फेला पर्न सकेका थिएनन्। 

स्थानीयवासीले शहीद लखन थापा गाउँपालिका–४ स्थित भुते बगरको त्रिशूली नदी किनारमा शव तैरिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

प्रजाको शव परीक्षण गरी अत्येष्टिका लागि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: Apr 11, 2021| 04:35 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।