आइतबार, भदौ १४, २०८३

कांग्रेसले बोलायो पदाधिकारी बैठक

सभापति शेरवहादुर देउवाले पार्टीका पूर्व पदाधीकारी तथा प्रभावशाली नेताहरूसमेत सहभागिता रहने गरि पदाधिकारी बैठक बोलाएका हुन्।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरवहादुर देउवाले पार्टीका पूर्व पदाधीकारी तथा प्रभावशाली नेताहरूसमेत सहभागिता रहने गरि पदाधिकारी बैठक बोलाएका हुन्।

पार्टी कार्यलय सानेपामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। 

सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्न सभपाति देउवाले बैठक बोलाएका हुन्।

आजको बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुनेछ। साथै माओवादी केन्द्र र जसपासँग सत्तासमिकरणका लागि भइरहेको छलफलको समिक्षा तथा थप रणनीति तय गर्ने जनाइएको छ।

 मुख्यसचिव पौडेलका अनुसार बैठकमा १४औं महाधिवेसनलाई केन्द्रबीन्दुमा राखेर नेताहरूबीच छलफल हुनेछ।

प्रकाशित: Apr 11, 2021| 03:10 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।