आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'प्रधानमन्त्रीज्यू! तक्मामा चुच्चे नक्सा गायब हुनु गुप्तचरसँगको मन्त्रणा त होइन?'

'प्रधानमन्त्रीज्यू! तक्मामा चुच्चे नक्सा गायब हुनु गुप्तचरसँगको मन्त्रणा त होइन?'

राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको विभिन्न मानपदवी तथा पदकको बीच भागमा रहेको नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा नसमेटिएको भन्दै सत्तारुढ दल नेकपाका नेता भीम रावलले आपत्ति जनाएका छन्।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको विभिन्न मानपदवी तथा पदकको बीच भागमा रहेको नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा नसमेटिएको भन्दै सत्तारुढ दल नेकपाका नेता भीम रावलले आपत्ति जनाएका छन्।

सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा रहेको लिपुलेक, लिम्पियाधुरासहितको चुच्चे नक्सा गायब भएपछि सामाजिक सञ्जालमा खरो आलोचनागरेका हुन्।

तक्मामा नेपालको नयाँ नक्सा नराखिएकोप्रति प्रश्न उठाउँदै उनले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन्।

'राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो? प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्छ। यसो हुनुको कारण कतै वालुवाटारमा प्रमको विदेशी गुप्तचरसमेतका व्यक्तिहरूसँगको मन्त्रणा त होइन?’, उनले प्रश्न गरेका छन्।

प्रकाशित: Apr 11, 2021| 01:46 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।