काठमाडौं- कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाको नयाँ भेरियन्ट देखिएको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
शनिबार सिंहदरवारमा बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखा परेको भन्दै सतर्कता अपनाउन अपिल गर्ने निर्णय गरेको हो।
यस्तै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई सक्रिय बनाउने निर्णय गरिएको समेत प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले बताएका छन्।
सीमा नाकामा हेल्थ डेस्कहरुलाई प्रभावकारी बनाउने, परीक्षण बढाउने, लक्षण भएका संक्रमितलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय भएको उनको भनाइ छ।