आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना खोपको असन्तुलित वितरणप्रति डब्ल्युएचओको आपत्ति

कोरोना खोपको असन्तुलित वितरणप्रति डब्ल्युएचओको आपत्ति

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले धनी र गरिब देशबीच कोरोना खोपको असमान वितरणलाई लिएर आपत्ति प्रकट गरेको छ।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

एजेन्सी- विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले धनी र गरिब देशबीच कोरोना खोपको असमान वितरणलाई लिएर आपत्ति प्रकट गरेको छ।

डब्ल्युएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रेयससले यसलाई ‘आश्चर्यजनक असन्तुलन’ भनेका छन्।
उनले शनिबार सबै देशमा खोप अभियान सुरु होला भन्ने आफ्नो अनुमान रहे पनि यस्तो हुन नसकेको भन्दै आश्चर्य प्रकट गरे।

गरिब मुलुकहरुले कोरोना भाइरसविरुद्धको खोप पाउनु पर्छ भनेर विश्व स्वास्थ्य संगठनले कोभ्याक्स अभियान सुरु गरेको थियो। यसको माध्यमबाट संगठनले अहिलेसम्म एक सय देशमा ३ करोड ८० लाख डोज खोप पठाइसकेको छ।

योजनाअनुसार कोभ्याक्स कार्यक्रमका माध्यमबाट १९० देशका मानिसलाई कोरोनाको २ अर्ब डोज बाँड्ने डब्ल्युएचओको तयारी छ। यसमा खासगरी ९२ गरिब मुलुकलाई अन्य धनी देशहरुले नै खोप दिइरहेका बेला खोप दिने योजना डब्ल्युएचओको हो।

घेब्रेयससले भनेका छन्, ‘विश्वस्तरमा धनी र गरिब देशबीच कोरोना खोपको वितरणमा आश्चर्यजनक असन्तुलन भयो। खोप वितरणको सामान्य अभ्यासलाई हेर्ने हो भने धनी देशमा हरेक ४ जनामा एकजनालाई खोप प्राप्त भएको छ। तर गरिब देशमा ५०० जनाभन्दा बढीमध्ये १ जनालाई खोप प्राप्त भएको छ।’

खोप संकलनका लागि धनी देशहरुको होडबाजीलाई लिएर उनले कोभ्याक्स कार्यक्रममा सहभागी हुनुको कारण आफ्नो राजनीतिक र व्यापारिक हितलाई हेरेर केही देश र केही कम्पनीहरुले खोपका लागि द्वीपक्षीय सम्झौता पनि गरेको बताए। यसले खोपको असमान वितरणलाई अझै बढाएको औंल्याएका छन्।

प्रकाशित: Apr 10, 2021| 13:12 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।