आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ मा कोरोना : सक्रिय संक्रमितको संख्या सय नाघ्यो

प्रदेश २ मा कोरोना : सक्रिय संक्रमितको संख्या सय नाघ्यो

छिमेकी देश भारतमा कोरोना संक्रमण बढिरहेको समयमा प्रदेश २ मा समेत कोरोना संक्रमितहरुको संख्या बढ्न थालेको छ।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

जनकपुरधाम- छिमेकी देश भारतमा कोरोना संक्रमण बढिरहेको समयमा प्रदेश २ मा समेत कोरोना संक्रमितहरुको संख्या बढ्न थालेको छ।

प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमितको संख्या पुनः १०० नाघेको छ। शनिवार मात्रै थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना सक्रिय संक्रमितको संख्या १०७ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए।

पछिल्लो २४ घण्टामा ३७ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा कमलेश प्रसाद यादवले बताए। 

शनिवार बारामा ५ र पर्सामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेश २ मा कोरोेना संक्रमितको संख्या १७ हजार ३१४ पुगेको छ। 

हाल पर्सामा सबैभन्दा बढी ५५ जना सक्रिय संक्रमित छन्। त्यस्तै बारामा ३१, धनुषामा १२, महोत्तरीमा ४, सर्लाहीमा २, सप्तरी, सिरहा र रौतहटमा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रकाशित: Apr 10, 2021| 11:49 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।