आइतबार, भदौ १४, २०८३

पत्रकार महासंघ लुम्बिनीमा गिरी विजयी

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा वसन्त गिरी निर्वाचित भएका छन्।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

बुटवल- नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा वसन्त गिरी निर्वाचित भएका छन्। प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी (नेपाल समूह), प्रगतिशील पत्रकार संघसहितको संयुक्त लोकतान्त्रिक प्रगतिशील प्यानलका गिरीले फराकिलो मतान्तरले जित निकालेका हुन्।

गिरीले ९४६ मत ल्याउँदा अध्यक्षका प्रत्यासी भरत केसीले ६१७ मत प्राप्त गरे। प्रदेशको उपाध्यक्षमा गिरी प्यानलकै शुक्रऋषि चौलागाई ९३६ मतका साथ विजयी भएका छन्। प्रत्यासी गणेशकुमार आचार्यले ५३० र शिवलाल सुवेदीले ९९ मत ल्याएको निर्वाचन समितिले जनाएको छ। महिला उपाध्यक्षमा चुमा आचार्य ९८१ मत सहित विजयी भएकी छन्। 

महासचिवमा विक्रम खड्का विजयी भएका छन्। उनले ९६७ मत प्राप्त गरेका छन् भने प्रत्यासी विश्वराज पछ्लंगवा चौधरीले ६०० मत ल्याएका थिए। सचिवमा जयसिंह केसी, समावेशी सचिवमा शिवकुमार सुनार र कोषाध्यक्षमा यमनाथ घिमिरे विजयी भएका छन्। 

खुल्ला सदस्यमा किरण विक्रम शाह, केशरमान विसी, गोपाल भण्डारी, प्रेमनारायण आचार्य र भुवन कार्की विजयी भएका छन्। महिला सदस्यमा पार्वती बस्नेत, मीना ढकाल र सरला सुवेदी चयन भएका छन्। सुवेदी भने प्रेस चौतारी (ओली समूह) प्यानलबाट उमेदवार बनेर विजयी भएकी हुन्।

आदिवासी जनजाति तर्फ गणेश सारु र टेकबहादुर मास्की राना, मधेशीतर्फ रामविकास चौधरी र विन्दुकुमार चौहान, दलिततर्फ चिन्ताबहादुर दर्जी र अल्पसंख्याबाट मोहम्मद आरिफ अन्सारी विजयी भएका छन्।

प्रकाशित: Apr 10, 2021| 11:40 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।