शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योग वाणिज्य महासंघका प्रतिनिधिलाई दिवाभोज दिँदै प्रधानमन्त्री ओली

उद्योग वाणिज्य महासंघका प्रतिनिधिलाई दिवाभोज दिँदै प्रधानमन्त्री ओली

महासंघले आयोजना गरेको ५५औँ वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले आइतबार दिवाभोजको कार्यक्रम राखेको जानकारी दिइएको हो। 
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूलाई दिवाभोज दिने भएका छन्। 

महासंघले आयोजना गरेको ५५औँ वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले आइतबार दिवाभोजको कार्यक्रम राखेको जानकारी दिइएको हो। 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो साढे १ बजे महासंघका प्रतिनिधि र साधारणसभाका प्रतिनिधिहरूलाई प्रधानमन्त्री ओलीले दिवाभोजको निम्तो दिएका हुन्। 

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार ढले पनि चिन्ता नगर्न आग्रह गरेका थिए।   

'वर्तमान सरकार केही महिनालाई तलमाथि परिहाल्यो भने पनि चिन्ता नगर्नुहोला,' महासंघको कार्यक्रममा सम्बोधन गर्दै उनले भनेका थिए। 

उनले उद्योगीहरूलाई आफ्नो काममा ध्यान दिन र राजनीतिको विषयमा चिन्ता नगर्न आग्रह गरेका थिए। 'तपाईहरूलाई म ढुक्कले काममा लाग्न आग्रह गर्छु। संसदीय अंकगणितलाई गलत प्रयोग गर्ने प्रयास बिलकुलै सकारात्मक छैनन्। यो तपाईंहरूको रुचिको विषय होइन। यी कुरालाई त मै ठेगान लगाइहाल्छु। तपाईंहरू आफ्नो काम गर्नुहोस्,' उनले भने। 

उनले आफूलाई सरकार ढल्छ कि भन्ने चिन्ता नभएको उल्लेख गर्दै आफूलाई हटाउनेहरू पनि फ्याँकिने चेतावनी दिए। 'मलाई सरकार जान्छ कि भन्ने चिन्ता छैन। अहिले नै हटाइहाले भने पनि केही छैन। यस्तो अंकगणितलाईलाई वरपर पार्न खोज्ने खालका शकुनीका गोटी पनि फ्याँकिनेछन्,' उनको भनाइ थियो। 

प्रधानमन्त्रीले उद्योगीहरूका समस्या नजिकबाट नियालिरहेको उनको दाबी थियो। 

प्रकाशित: Apr 10, 2021| 08:28 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्