आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्वाचन समितिको निर्णय उल्टाउन खोजेपछि कांग्रेसमा सुरु भयो विवाद

निर्वाचन समितिको निर्णय उल्टाउन खोजेपछि कांग्रेसमा सुरु भयो विवाद

समितिले ७६ जिल्लामा समायाेजन टुंग्याएर पठाएपनि उक्त विषयलाई कांग्रेस सभापति देउवा पक्षले उल्टाउन खोजेपछि विवाद सुरु भएको हो।
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं- नेपाली कांग्रेसको आगामी महाधिवेशनका लागि ७६ जिल्लामा टुंगिएको समायोजनको विषयमा पुनः विवाद सुरु भएको छ।

समितिले ७६ जिल्लामा समायाेजन टुंग्याएर पठाएपनि उक्त विषयलाई कांग्रेस सभापति देउवा पक्षले उल्टाउन खोजेपछि विवाद सुरु भएको हो।

यही विषयमा विवाद सुरु भएकाले शुक्रबार दिउँसो सुरु हुने भनिएको केन्द्रीय समितिको बैठक सुरु भएको छैन। अहिले दुवै समूहका नेताहरू छलफलमा छन्।

निर्वाचन समितिले एक पटक टुंग्याइसकेको विषयमा पुनः प्रवेश गर्न नपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भनाइ छ। 

नेताहरूबीच मतभेद तीव्र बन्दै गएकाले शुक्रबार बैठक सुरु हुने वा नहुने अन्यौल बढेको छ। 

 

 

प्रकाशित: Apr 02, 2021| 13:26 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।