आइतबार, भदौ १४, २०८३

बर्दियामा फेरि बाघको आक्रमण, एकजना गम्भीर घाइते

पछिल्लो समय बर्दियामा बाघको आक्रमण बढ्दै गइरहेको छ। 
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं – बर्दियामा बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। 

खेतमा सिँचाइ गर्न गएका गेरुवा गाउँपालिका–१ का ३५ वर्षीय चुलाराम थारुलाई आज बिहान साढे ५ बजे पाटेबाघले आक्रमण गरेको प्रहरीले जनाएकाे छ।

बाघको आक्रमणबाट टाउको र ढाडमा गम्भीर चोट लागेका थारुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए। 

पछिल्लो समय बर्दियामा बाघको आक्रमण बढ्दै गइरहेको छ। 

यसअघि नरभक्षी भएको आशंकामा दुईवटा बाघ नियन्त्रणमा लिइएको थियो। 

एउटा बाघ रम्मापुरस्थित खोरमा छ भने एउटा बाघ बाँकेको खोरबाट भागेको छ। 

र, याे पनि

तनावमा छ पाटेबाघ !

खोर खै बाघ थुन्नलाई ?

बर्दियामा बाघ आतंक : नागरिक सम्साँझैं घरभित्र बस्न बाध्य

प्रकाशित: Mar 29, 2021| 07:50 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।