काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणमा गएपछि उनको अनुपस्थितिमा उनीबाट सम्पादन हुने कार्य उपराष्ट्रपति नन्दबहादुर पुनबाट हुने भएको छ।
राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन्।