सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीले लिन थाले सेना, प्रहरी र सशस्त्रका प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ

प्रधानमन्त्रीले लिन थाले सेना, प्रहरी र सशस्त्रका प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ

 |  सोमबार, भदौ १५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०८३

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकट समाधानका लागि सुरक्षा निकायका प्रमुखसँग निरन्तर छलफल गरिरहेका छन्।

प्रधानमन्त्री शाहले आज प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

त्यसपछि आजै प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि उद्धार तथा राहत कार्यबारे जानकारी लिइरहेका छन्।

प्रधानमन्त्रीले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि भेट गरी बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा राहत कार्यको अवस्थाबारे जानकारी लिने सचिवालयले जानकारी दिएको छ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण अहिलेसम्म ९०३ शव फेला परेका छन् भने ४ हजार भन्दा बढी सम्पर्कविहिन रहेका छन्।

प्रकाशित: Aug 31, 2026| 12:57 सोमबार, भदौ १५, २०८३
प्रतिक्रिया दिनुहोस्