मंगलबार, भदौ १६, २०८३

बस दुर्घटनामा २९ जना घाइते, एकको अवस्था गम्भीर

कैलालीको घोडाघोडीमा भएको बस दुर्घटनामा २९ जना घाइते भएका छन् ।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

कैलाली– कैलालीको घोडाघोडीमा भएको बस दुर्घटनामा २९ जना घाइते भएका छन् । एक जना गाडीभित्र च्यापिएको अवस्थामा देखिएको प्रहरीले जनाएको छ । 

घाइतेमध्ये एक जनालाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ भने २८ जनाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ । 

धनगढीबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४६१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका–५, डोकेबजारमा दुर्घटना भएको थियो । 

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षब सागर बोहराले पल्टिएको बसभित्र एक जना च्यापिएको अवस्थामा देखिएको र क्रेन मगाएर निकाल्ने प्रयास गरिरहेको बताए। 
 

प्रकाशित: Mar 21, 2021| 15:31 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।