मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले र माओवादीको शब्दकोशबाट नैतिकता भन्ने शब्द हरायो : कांग्रेस नेता सिंह 

एमाले र माओवादीको शब्दकोशबाट नैतिकता भन्ने शब्द हरायो : कांग्रेस नेता सिंह 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंंहले नेकपा एमाले र माओवादी केन्द्रको शब्दकोशबाट नैतिकता भन्ने शब्द नै हराएको बताएका छन्। 
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंंहले नेकपा एमाले र माओवादी केन्द्रको शब्दकोशबाट नैतिकता भन्ने शब्द नै हराएको बताएका छन्। 

आइतबार भएको पार्टी प्रवेश कार्यक्रममा नेता सिंहले जनतासँग लिएर आएको म्यान्डेट पूरा गर्न नसकेपछि नैतिकता देखाउनुपर्नेमा कम्युनिस्टहरू अझै पनि आदर्शका कुरा गरेर सत्तामा टाँसिरहेको आरोप लगाएका हुन्। 

 ‘अहिले दुई पार्टी भएका छन्। गठबन्धन बनाएर उनीहरूले जनमत लिएका हुन्। त्यसैले दुवै पार्टी जिम्मेवार बन्नुपर्ने हो,’ सिंहले भने, ‘एउटाले संसद विघटन जस्तो असंवैधानिक काम गर्ने अनि अर्को असंवैधानिक काम गर्ने सरकारलाई समर्थन गरेर बसिरहेको छ।’

उनले कांग्रेसको एकल प्रयासले अहिलेको नैतिकहीन सरकारको विकल्प दिन नसक्ने बताए। 

‘ओलीलाई हटाउन एकातिर माओवादीले समर्थन फिर्ता लिन अलमल गरिरहेको छ। अर्कोतिर जसपा प्रस्ट हुन सकिरहेको छैन। कांग्रेसभन्दा पहिला माओवादी र जसपा सरकारबारे प्रस्ट हुन्,’ उनले भने। 

कांग्रेस जस्तोसुकै जिम्मेवारी लिएर परिस्थितिलाई समेत सम्हालेर अघि बढ्न तयार रहेको उनको भनाइ छ।

प्रकाशित: Mar 21, 2021| 05:40 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।