मंगलबार, भदौ १६, २०८३

टीकापुरमा आजदेखि होली देउडा

कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न सुरु गरिने भएको छ।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

कैलाली – कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न सुरु गरिने भएको छ।

टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा सुरु हुने छ। 

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सांस्कृतिक समाज टीकापुरले होलीको समयमा मात्र नभई सधैँ संस्कृति संरक्षणका लागि सक्रिय हुनुपर्ने बताएका छन्। 

होली देउडा अष्टमीदेखि सुरु गरिए पनि राति भने पूर्णिमाको केही दिन अगाडिदेखि मात्र खेलिने भएकाले त्यसको व्यवस्थापन गरिने उनको भनाइ छ। 

‘रातिको समयमा होली देउडा खेल्न सुरक्षाका हिसाबले चुनौती छ’, उनले भने, ‘त्यसलाई व्यवस्थापनमा ध्यान दिन आवश्यक छ।’

देउडाप्रेमीले होली देउडा खेल्ने समय दिउँसो बढाएर रातिको समय छोट्याउनुपर्ने सुझाव दिएका छन्। 

‘विगतका वर्षमा रातिको समयमा खेलिने देउडा अब राति खेल्न सुरक्षा नभएकाले दिउँसोको समय बढाएर दिउँसो मात्र खेल्न जरुरी छ’, देउडा संरक्षणकर्मी देवानन्द रिमालले भने, ‘संस्कृति पनि संरक्षण होस्, समय पनि व्यवस्थापन हुने गरी चाडपर्व मनाउनुपर्छ।’

टीकापुरमा आयोजना हुने होली देउडा हेर्न सुदूरपश्चिमका विभिन्न जिल्ला र लुम्बिनी प्रदेशको बर्दिया, बाँकेका नागरिक पनि हेर्न आउने गर्छन्।

सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइँ सरी आएका नागरिकले खेल्ने होली देउडा पछिल्लो समय सबै नागरिकले खेल्ने गरेका छन्। 

होली देउडा खेल्दा पुरुष सेतो पहिरनमा सजिएर, फूलको माला र रातो टीका पहिरिएर खेल्ने चलन छ।

सांस्कृतिक समाजले देउडा खेल युवापुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको भन्दै टीकापुरमा साप्ताहिकरूपमा दुई महिनादेखि देउडाको अभ्यास गराइरहेको छ। रासस

प्रकाशित: Mar 21, 2021| 03:06 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।