बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति 

प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति 

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सातै प्रदेशमा प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको छ। 
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

पोखरा– राष्ट्रिय सहकारी बैंक लिमिटेडले सातै प्रदेशमा प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको छ। 

नेपाल राष्ट्र बैंकले बुधबार सात प्रदेशका लागि प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति दिएको बैंकले जनाएको छ।     

प्रदेश नं. १ को विराटनगर, प्रदेश नं. २ को जनकपुर, बागमती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश कार्यालयका लागि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो। 

प्रदेशअन्तर्गतका सबै शाखा कार्यालयहरुलाई उक्त प्रदेशको शाखा कार्यालयअन्तर्गत राख्ने तथा प्रदेश कार्यालयले मातहतका शाखा कार्यालयसँग समन्वयात्मक तथा प्रशासनिक कार्य गर्नका लागि प्रदेश शाखा कार्यालयको स्वीकृति दिइएको छ।     

देशमा संघीय संरचना सुरु भएपछि नै सहकारी बैंकले प्रदेश कार्यालय सञ्चालनको तयारी गरेको थियो। 

बैंकको साधारणसभाको प्रदेश शाखा कार्यालय स्थापना गर्ने निर्णय अनुसार नेपाल राष्ट्र बैंकमा माग गरिएको र स्वीकृति प्राप्त भएको सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए। 

प्रदेशअन्तर्गतका शाखाहरुको संयोजनकारी भूमिका निर्वाह गर्ने गरीे छिटै प्रदेश शाखा कार्यालय सञ्चालन गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईले जानकारी दिए। 

प्रदेश शाखाले सम्बन्धित प्रदेशमा बैंकले सञ्चालन गर्ने शिक्षा, तालिम लगायत प्रशासनिक कामको संयोजक गर्नेछ।    

राष्ट्रिय सहकारी बैंकमा हाल ६८ वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन्। बैंकका करिब १३ हजार सहकारी संघसंस्था सदस्य रहेको बैंकले दुई अर्ब ८५ करोड सेयर रकम, ५८ अर्ब निक्षेप र ३० अर्ब कर्जा लगानी गरेको छ।    

बैंकले सदस्य संस्थाहरुसँग वित्तीय कारोबारसंगै संस्थाहरुको संस्थागत विकासका लागि स्तरीकरण लगायत शिक्षा तथा तालिमका कार्यक्रमहरु निरन्तर गर्दै आइरहेको छ। 

प्रकाशित: Feb 25, 2021| 06:18 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्