बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई आर्थिक सहयोग

 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं– महालक्ष्मी विकास बैंक लि. ले असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा विपन्न बर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आइरहेको काठमाडौं महानगरपालिका वडा नं. ८, जयबागेश्वरीमा रहेको बाल सारथीलाई बिद्यालय भवन निर्माण गर्न आर्थिक सहायता स्वरुप रु. पाँच लाख) सहयोग प्रदान गरेको छ।  

बाल सारथीको कार्यालयमा सम्पन्न कार्यव्रmममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई रु. पाँच लाखको चेक हस्तान्तरण गरिन्। उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालीकाहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण समेत प्रदान गरेकी थिइन्।

प्रकाशित: Feb 22, 2021| 07:10 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्