बुधबार, असोज ७, २०८३

अशोक लेलैण्डका बसहरूको च्यासिस हस्तान्तरण 

 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं– आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्धारा प्रवद्र्धित अशोक लेलैण्डले काठमाडौंमा एक कार्यक्रम गरी भाइकिङ २२२ मोडल बसका ग्राहकहरुलार्ई च्यासिसहरु हस्तान्तरण गरेको छ।

व्यावसायिक भ्रमणका लागि नेपाल आएका प्रेसिडेन्ट इन्टरनेशनल अपरेशन संजय सारस्वत र सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयुक्त रूपमा उक्त च्यासिसहरू हस्तान्तरण गरिएको हो।

च्यासिस हस्तान्तरण कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै प्रेसिडेन्ट संजय सारस्वतले १० वटा बस एकैसाथ हस्तान्तरण गर्न पाउँदा ज्यादै खुशी लागेको बताउँदै आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउनु कम्पनीका लागि अर्को महत्त्वपूर्ण प्रगति भएको उल्लेख गरे। 

भाइकिङ २२२ रुट बसमा चल्ने बस मध्ये सबैभन्दा धेरै रुचाइएको बस हो । यसमा इनलाईन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ जसले गर्दा इन्धन कम खपत हुन्छ । साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ ।
 

प्रकाशित: Feb 22, 2021| 07:09 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्