मंगलबार, असोज ६, २०८३

नेप्सेमा रेकर्ड, १० अंकले बढेर २६११.४५ विन्दुमा 

बुधबार सेयर बजार परिसूचक (नेप्से) मा रेकर्ड कायम भएको छ।
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) मा रेकर्ड कायम भएको छ। ९.९४ अंकले बढेको बजार २६११.४५ विन्दुमा पुगेको हो। यसअघि नेप्से परिसूचक मंगलबार २६०१ विन्दुमा पुगेको थियो। 

आज २०३ कम्पनीको १ करोड ७६ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। इन्फ्राको सेयर ९.९६ अंकले बढेको छ। 

बुधबार ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४७ अंकले बढेर ४७५.०१ विन्दुमा पुगेको छ। 

आज बैंकिङ समूहको सूचक २९.७७ अंकले बढेको छ। त्यसैगरी विकास बैंक समूहको सूचक ३.५६, अन्य १०.४३, सामूहिक लगानी ०.०७ र व्यापार समूहको सूचक १६.५० अंकले बढेको छ। 

त्यसैगरी फाइनान्स समूहको सूचक १.१२, होटल १५.४५, जलविद्युत् १४.४४, जीवन बिमा १४४.८३, उत्पादन ८६.४१, लघुवित्त ४५.६४ र निर्जीवन बिमा समूहको सूचक १३६.५९ अंकले घटेको छ। 
 

प्रकाशित: Feb 17, 2021| 10:08 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्