आइतबार, असोज ४, २०८३

सनराइज बैंकको डेपुटी सीईओमा राणा नियुक्त

सनराइज बैंकको डेपुटी सीईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छन्।
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं– सनराइज बैंकको डेपुटी सीईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छन्। सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई डेपुटी सीईओ नियुक्त गरेको हो।

एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंकका विभिन्न तहमा रहेर काम गरेकी राणा अनुभवी बैंकर हुन्। उनी ग्लोबल आइएमई बैंकमा एजीएम थिइन्।

राणको बैंकिङ क्षेत्रमा दुई दशकको अनुभव रहेको बताइएको छ। कर्पोरेट क्षेत्रमा राम्रो पहिचान बनाएकी राणा पछिल्लो समय सनराइजमा डेपुटी जनरल म्यानेजर थिइन्। 

प्रकाशित: Feb 08, 2021| 08:40 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्