शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भारतको राहत सहयोग जारी, ११ टन सामग्री काठमाडौं आइपुग्यो

भारतको राहत सहयोग जारी, ११ टन सामग्री काठमाडौं आइपुग्यो

 |  शनिबार, असोज ३, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०८३

काठमाडौं। नेपालको पुनःस्थापना तथा राहत कार्यमा भारतले सहयोग जारी राखेको छ। भारतले पठाएको ११ टन राहत सामग्रीसहितको नवौँ उडान काठमाडौं आइपुगेको हो।

भारतीय वायु सेनाको विमानमार्फत ल्याइएको सामग्रीमा पाल, औषधि, सुत्ने झोला, सरसफाइ सामग्री तथा घटनास्थल अनुसन्धानमा प्रयोग हुने सामग्रीलगायत आवश्यक राहत सामग्री रहेका छन्।

उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। भारतले नेपालको पुनःस्थापना प्रयासमा निरन्तर सहयोग गर्ने जनाएको छ।

प्रकाशित: Sep 19, 2026| 18:46 शनिबार, असोज ३, २०८३
प्रतिक्रिया दिनुहोस्