शुक्रबार, मंसिर २२, २०८०

कोरोना बिर्सेर खुल्दैछन् स्याङ्जाका होमस्टे

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेसँगै बन्द रहेका स्याङ्जाका होमस्टेहरु माघ २७ गतेदेखि खुल्ने भएका छन्।
 |  आइतबार, माघ २५, २०७७
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

पोखरा- कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेसँगै बन्द रहेका स्याङ्जाका होमस्टेहरु माघ २७ गतेदेखि खुल्ने भएका छन्।

sagarmatha cement

नेपालकै पहिलो होमस्टे सिरुबारीसहित स्याङ्जाका ४९ वटा होमस्टे लकडाउनसँगै बन्द थिए। लकडाउन खुले पनि पर्यटकका लागि बन्द रहेको होमस्टे करिब १० महिनापछि सञ्चालनमा आउन लागेका हुन्।

स्याङ्जामा ८०० भन्दा बढी घरधुरी समेटेर ४९ वटा सामुदायिक होमस्टे सञ्चालनमा छन्। त्यहाँ २ हजारभन्दा बढी पाहुना राख्ने क्षमता छ। होमस्टेका सेवा सुविधाअनुसार ६५० देखि २ हजार १०० सम्मको प्याकेज छन्।  

स्वास्थ्य सतर्कता अपनाएर खोल्ने निर्णय गरिएको पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा होमस्टे एसोसिएसन नेपाल, स्याङ्जाका अध्यक्ष मोहन खनालले जानकारी दिए।

होमस्टे खुलेको सन्देश दिनका लागि स्याङ्जाका होमस्टेमा प्रत्येक महिनामा १÷१ वटा कार्यक्रम गर्दै जाने उनले बताए। कोरोनाका कारण सिथिल भएको पर्यटन व्यवसायलाई सुधार गर्न लागि आन्तरिक पर्यटन पुनर्उत्थान समिति गठन गरेर अभियान चलाएको खनाल बताउँछन्। 

Metro Mart
worldlink

सोहीअनुसार माघ २७ मा सिरुबारी होमस्टेमा गाउँपालिका परिचयात्मक भ्रमण, फागुन २७ देखि २९ सम्म सुन्तलाबारी होमस्टेको कुलमान घिसिङ झरनामा मैत्रीपूर्ण क्यानोनिङ प्रतियोगिता हुने भएको छ। चैतको २७ गते सिरुबारीमै ‘होमस्टेमा कोभिडको प्रभाव’ विषयमा छलफल कार्यक्रम गरिने खनालले जानकारी दिए।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशिराज भण्डारीले अब बिस्तारै पर्यटन क्षेत्र चलायमान बनाउनुपर्नेमा जोड दिए। आफूहरुले पनि ग्रामिण पर्यटनका लागि नयाँनयाँ कार्यक्रम ल्याएको जानकारी दिँदै निकट भविष्यमै होमस्टे एप सञ्चालनमा ल्याउने बताए। आन्तरिक पर्यटन पुनर्उत्थान समिति, गण्डकीका अध्यक्ष अग्नि कंडेलले विदेशी पर्यटक नआएको समयमा आन्तरिक पर्यटकले पनि पर्यटन क्षेत्र चलायमान बनाउनुपर्नेमा जोड दिए। 

करिब १० महिना ठप्प रहेको स्याङ्जाको होमस्टे सञ्चालन भएको खबर पाउनासाथ पर्यटकहरुको चहलपहल बढ्नेमा सिरुबारी सामुदायिक होमस्टेका संयोजक जुम गुरुङ ढुक्क छन्। अघिल्ला वर्षहरुमा वार्षिक ११ हजार पर्यटक होमस्टेमा गएको रेकर्ड भए पनि यो समयमा यो संख्या बढ्ने गुरुङको विश्वास छ।

मानिसहरु लकडाउनको समयमा घरभित्रै बस्न बाध्य भएकाले अब नयाँनयाँ ठाँउ जान इच्छुक भएको कारण पनि अब होमस्टे जाने पर्यटकको संख्या बढ्ने गुरुङको भनाइ छ।

प्रकाशित: Feb 07, 2021| 12:42 आइतबार, माघ २५, २०७७
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्