शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल भेन्टिलेटर बैंकलाई फो पेमार्फत सहयोग रकम हस्तान्तरण 

नेपाल भेन्टिलेटर बैंकलाई फो पेमार्फत सहयोग रकम हस्तान्तरण 

 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौं– नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ दिएको फोनपे पेमेन्ट सर्विस लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको छ ।

यस अभियान अन्तरगत फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार रू. एक छुट्याइएको थियो । यसरी छुट्याइएको ५ लाख ९१ हजार ६ सय ७ रूपैयाँ नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइएको हो । 

सहयोग रकम एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले भेन्टिलेटर बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठलाई हस्तान्तरण गरे । भेन्टिलेटर बैंकलाई सहयोग गर्नका लागि भदौ १ गतेदेखि एक महिनासम्म यो अभियान लागु गरिएको थियो । 
 

प्रकाशित: Dec 30, 2020| 12:13 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्