शुक्रबार, असोज २, २०८३

स्मार्टच्वाइसको स्मार्ट क्युआर सञ्चालनमा  

 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौं– स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले स्मार्ट क्युआर सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तिमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्न सक्ने गरी यस किसिमको क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फम स्मार्ट क्युआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । 

नेपाल राष्ट्र बैंकको नगदरहित कारोवार प्रणालीको प्रवर्द्धन गर्ने योजनालाई प्रोत्साहन गर्दै वित्तीय कारोवार अघि बढाउने नीति अनुरुप विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई विश्वस्तरीय, सुरक्षित र भरपर्दो  सेवा प्रदान गर्न यो प्रणाली सक्षम रहेको बताइएको छ।

मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा योगदान गर्ने कम्पनीको नीति र प्रतिबद्वता अनुसार यो सेवा सञ्चालनमा ल्याइएको हो । परम्परागत प्रणालीलाई स्तरोन्नति गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने यस कम्पनीको मुख्य लक्ष्य रहेको छ । 

स्मार्ट क्युआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुनेछ । स्र्माट क्युआरको सञ्चालनमा आइएमई पे, प्रभु पे, क्यु पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक र अन्तर्राष्ट्रिय संस्था युनियन पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको हँुदा यसको वृहत्तर पहँुच रहेको छ । 
 

प्रकाशित: Dec 30, 2020| 12:06 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्