शुक्रबार, असोज २, २०८३

जाइरोकप्टर उडानमा ५० प्रतिशत छुट 

 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं– हेलि एयर नेपाल प्रालिले आफ्नो उडानमा ५० प्रतिशत छुट घोषणा गरेको छ। दुई सिट क्षमतामा दुई वटा जाइरोकप्टरबाट मनोरञ्जनात्मक दृश्यावलोकनका लागि गरिने उडानमा कम्पनीले ५० प्रतिशत छुटको घोषणा गरेको हो।

कोभिड १९ महामारीका कारण बन्द रहेर पर्यटन व्यवसाय थलिएको अवस्थामा आन्तरिक पर्यटनमा टेवा पुर्याउने उद्देश्यले नेपाली नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको हेलि एयरका अध्यक्ष धर्मराज बर्तौलाले जाननकारी दिए ।

उनका अनुसार पोखरा आसपासको छोटो उडानको लागि ६ हजार ४ सय ९९ रुपैयाँ, माछापुच्छ्रे हिमालसम्म (करिब ३० मिनेट) को उडानको लागि ११ हजार ४ सय ९९ रुपैयाँ र माछापुच्छ्रेसहित अन्नपूर्ण हिमालसम्म (करिब ६० मिनेट)  को उडानको लागि २१ हजार ४ सय ९९ रुपैयाँ भाडा दर तोकिएको छ ।

हेलि एयर नेपाल प्रालिले विगत चार वर्षदेखि दुई सिट क्षमता भएका दुई वटा जाइरोकप्टरबाट पोखरा आसपासको आकाशमा मनोरञ्जनात्मक दृश्यावलोकन उडानहरु गर्दै आएको छ।

पछिल्लो समय कोभिड १९  महामारीका कारण देशमा लकडाउन भएकाले उडानहरु बन्द गरिएका थिए । बन्द रहेका उडान कम्पनीले गत  बिहिबारबाट मात्रै पुनः सञ्चालनमा ल्याएको छ । 

प्रकाशित: Dec 29, 2020| 10:21 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्