शुक्रबार, असोज २, २०८३

नेप्से साढे ५ अंकले बढ्यो, ४ अर्ब ९ करोडको कारोबार

मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५.५७ अंकले बढेको छ। 
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं– मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५.५७ अंकले बढेको छ। 

बढेको बजार २०१२.८९ अंकमा पुगेर रोकिएको हो। आज २०९ कम्पनीको ८० लाख कित्ता सेयर खरिबिक्री हुँदा ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज निर्जिवन बिमा समूहको सूचक ११.८५, उत्पादन १९५.९, माइक्रोफाइनान्स ११.३७ र अन्य समूहको सूचक ५०.०७ अंकले बढेको छ। 

बैंकिङ समूहको सूचक ९.७, व्यापार ३.२२, होटल ४.५४, विकास बैंक १८.९५ अंकले घटेको छ। 

त्यस्तै जलविद्युत् १८.७२, फाइनान्स २.१५, जीवन बिमा ७०.०२ र म्युचुअल फण्डको सूचक ०.०१ अंकले ओरालो लागेको छ। 

आज नागरिक लगानी कोषका लगानीकर्ताले बढी कमाएका छन् भने मल्टीपपर्स फाइनान्सका लगानीकर्ताले बढी गुमाएका छन्। 
  
 

प्रकाशित: Dec 29, 2020| 09:35 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्