शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अलफर्दान एक्सचेन्ज र ईसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

अलफर्दान एक्सचेन्ज र ईसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं– ईसेवा मनि ट्रान्सफर र यूएईको ख्यातिप्राप्त रेमिट्यान्स सेवा प्रदायक कम्पनी अलफर्दान एक्सचेन्जबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ ।

यो सेवा सुरु भएसँगै यूएईमा रहेका नेपालीहरुले अलफर्दान एक्सचेन्जका ६५ वटा शाखाहरुबाट नगदमा तथा कुनै पनि बैंक खातामा र ईसेवा वालेटमा रकम पठाउन सकिनेछ । 

नगदमा पठाइएको रकम ईसेवा मनि ट्रान्सफरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा ईसेवावालेट एप मार्पmत पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। त्यसै गरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । 

रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौतापत्रमा ईसेवा मनि ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र अलफर्दान एक्सचेन्ज रेमिट्यान्सको तर्फबाट पूर्व प्रमुख कार्यकारी अधिकृत ओसामाअल राहमाले हस्ताक्षर गरे।
 

प्रकाशित: Dec 29, 2020| 08:25 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्