बिहीबार, असोज १, २०८३

१३ दिनमा ३९ अर्ब कर्जा प्रवाह

वाणिज्य बैंकहरुको कर्जा प्रवाह बढेको छ। १३ दिनको अवधिमा २७ वटा वाणिज्य बैंकले ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। निक्षेप संकलन भने ३५ अर्ब रुपैयाँमात्र भएको छ।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं– वाणिज्य बैंकहरुको कर्जा प्रवाह बढेको छ। १३ दिनको अवधिमा २७ वटा वाणिज्य बैंकले ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। निक्षेप संकलन भने ३५ अर्ब रुपैयाँमात्र भएको छ।

बैंकहरुसँग पर्याप्त तरलता भएपछि निक्षेपको ब्याज औसतमा ४ प्रतिशतमा झार्दा निक्षेप घट्न गएको नेपाल बैंकर्स संघले जनाएको छ। संघका अनुसार पुस १० गतेसम्ममा बैंकहरुले ३७ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ३१ खर्ब ४० अर्ब कर्जा प्रवाह गरेका छन्।

मंसिर २७ गतेसम्ममा निक्षेप ३६ खर्ब ९४ अर्ब र कर्जा ३१ खर्ब १ अर्ब रुपैयाँ थियो। त्यस्तै पछिल्लो एक हप्तामा कर्जा लगानी १७ अर्ब र निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ।
 

प्रकाशित: Dec 28, 2020| 12:22 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्