बिहीबार, असोज १, २०८३

२० प्रतिशत लाभांश वितरण गर्दै आयल निगम

नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं– नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। करिब १३ अर्ब रुपैयाँ नाफा कमाएको निगमले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो।

पछिल्लो समय पाइपलाइनबाट डिजेल ढुवानी गरेका कारण निगमको आम्दानी बचतमा गएको र विभिन्न बैंकमा राखेको मौज्दातबाट आएको ब्याजले निगमको नाफा बढ्नमा सहयोग पुगेकाले नाफाबाट लाभांश वितरण गर्न लागिएको निगमले जनाएको छ।

निगमले आइतबार गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षण सम्पन्न गरेको छ। सो अनुसार निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको छ। निगममा सरकारको ९९ प्रतिशत सेयर छ।

अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लगायत सरकारी निकायको सेयर पनि निगममा छ। 

निगमले गत आर्थिक वर्षमा इन्धन कारोबारबापत भएको आम्दानीबाट सरकारलाई विभिन्न शीर्षकमा ६६ अर्ब ८८ करोड रुपैयाँ राजस्व बुझाएको छ। गत वर्ष निगमले २ खर्ब ५ अर्ब रुपैयाँ बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो।
 

प्रकाशित: Dec 28, 2020| 10:32 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्