बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • टेलिकमको ‘पाठशाला सीयूजी सेवा’ सेवा अभिभावक र विद्यालयका कर्मचारीलाई पनि 

टेलिकमको ‘पाठशाला सीयूजी सेवा’ सेवा अभिभावक र विद्यालयका कर्मचारीलाई पनि 

नेपाल टेलिकमले देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला सीयूजी सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ। 
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं– नेपाल टेलिकमले देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला सीयूजी सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ। 

महामारीको अवस्थामा मुलुकभरका विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी नेपाल सरकारले लागु गरेको आकस्मिक शैक्षिक योजना २०७७ अन्तर्गत कम्पनीले पठनपाठनका लागि सहुलियत दरमा ‘पाठशाला सीयूजी’ वितरण गरिरहेको छ ।
 
यो अफरमा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक हुन्छ । पहिलेदेखि प्रयोगमा रहेका प्रिपेड सिमकार्डलाई पनि पाठशाला सीयूजी सेवामा आबद्ध गर्न सकिन्छ । नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने प्रयोगकर्ताहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिई सीयूजी सेवा उपयोग गर्न सक्नेछन् । 

यसअन्तर्गत कुनै एक सार्वजनिक विद्यालयसँग सम्बद्ध भई कम्पनीको संस्थागत प्रयोगकर्ता समूहमा आबद्ध हुन सेवाग्राहीलाई मासिक जम्मा रु. ९९ (सरकारी कर र स्वामित्व करबाहेक) लाग्छ । यसमा आबद्ध सेवाग्राहीले क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने भ्वाइस सेवा उपलब्ध हुनेछ । 

त्यसैगरी समूहभित्र थप शुल्क बिना बल्क एसएमएस पठाउन सकिने सुविधा यथावत् छ । साथै, कुनै पनि समयमा जुनसुकै प्रयोजनका लागि १ जिबी डाटा र समूहभित्र १ सयवटा एसएमएस पठाउन सकिने सुविधा थप गरिएको कम्पनीले जनाएको छ । 

प्रकाशित: Dec 28, 2020| 07:22 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्