काठमाडौं– नेपाल बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंकका कार्यकारी अधिकृत अनिल उपाध्याय निर्विरोध चयन भएका छन्।
संघको उपाध्यक्ष पदबाट तत्कालिन नेपाल एसविआई बैंकका सीर्एओ अनुकूल भटनागर बाहिरिएपछि सो पद खाली थियो।
संघमा खाली भएको अन्य दुईवटा सदस्य पदमा पनि एसबीआई बैंकका दीपकुमार डे र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्विरोध चयन भएका छन्।
माछापुच्छ्रेबाट सुमन शर्मा बाहिरिएपछि एक सदस्य पद रिक्त थियो भने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको कार्यकाल सकिएपछि त्यहाँ कोइराला चयन भएका हुन्।
संघको मंगलबार वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट हुने भएकोले मंगलबार नै नयाँ सदस्यहरुको औपचारिक घोषणा हुने संघले जनाएको छ। संघमा सदस्य हुनका लागि बहालवाला अनिवार्य हुनुपर्ने छ।