बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंक अफ काठमाण्डूका ग्राहकलाई यल्लो प्यागोडा होटलमा छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई यल्लो प्यागोडा होटलमा छुट

 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेड र यल्लो प्यागोडा होटलबीच बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १५ प्रतिशत छुट र रु. ३,५०० मा होटलको कोठा उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौतापश्चात् ग्राहकले यल्लो प्यागोडा होटलको सेवाहरु उपभोगवापत बैंकको कार्ड तथा मोबाईल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा होटलको कोठा रु ३,५०० मा उपभोग गर्न पाउने तथा अन्य सुविधाहरुमा वास्तविक मूल्यको १५ प्रतिशत छुट पाउनेछन्।

यल्लो प्यागोडा होटलले काठमाडांै र पोखराबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र यल्लो प्यागोडा होटलका महाप्रबन्धक अर्जुन केसीले हस्ताक्षर गरेका छन्।
 

प्रकाशित: Dec 28, 2020| 06:31 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्