सोमबार, साउन ११, २०८३

चीनमा चक्कु प्रहारबाट सात जनाको मृत्यु, सात घाइते

चीनको उत्तर–पूर्वी प्रान्त लिओेलिङमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु चलाउँदा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। 
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं– चीनको उत्तर–पूर्वी प्रान्त लिओेलिङमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु चलाउँदा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। 

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार प्रहरीले हमलाकारीलाई पक्राउ गरेको छ। आक्रमणको कारण खुलेको छैन। 

उक्त व्यक्तिले बिहान ८ बजे चार जनामाथि हमला सुरु गरेको थियो। प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गर्दासम्म उसले सात जनाको ज्यान लिइसकेको थियो।

हमलाकारीको निशानामा अधिकांश महिला परेका छन्। पक्राउका क्रममा एक जना प्रहरीसमेत घाइते भएका छन्।

प्रकाशित: Dec 28, 2020| 00:33 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।