बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाविरूद्ध प्रभावकारी हुनसक्ने नयाँ औषधि बेलायतमा परीक्षण हुँदै

कोरोनाविरूद्ध प्रभावकारी हुनसक्ने नयाँ औषधि बेलायतमा परीक्षण हुँदै

बेलायतका वैज्ञानिकहरूले कोरोना भाइरसबाट आपतकालीन रक्षा गर्नसक्ने विश्वास गरिएको एउटा औषधि विकास गरिएको बताएका छन्। 
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं– बेलायतका वैज्ञानिकहरूले कोरोना भाइरसबाट आपतकालीन रक्षा गर्नसक्ने विश्वास गरिएको एउटा औषधि विकास गरिएको बताएका छन्। 

National life

यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै रहेको बताइएको छ।

बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस सङ्क्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भइसकेका मानिसमा उपयोगी हुनसक्ने बताइएको छ। 

सङ्क्रमित विरामीलाई यो औषधि दिँदा कोभिडको गम्भीर बिमारी हुनबाट जोगाउन सकिने ठानिएको छ। अहिले यो औषधि अन्तिम चरणको परीक्षणमा रहेको बताइएको छ। यो चरणअन्तर्गत पहिलो १० व्यक्तिलाई बेलायतमा उक्त औषधिका मात्रा दिइएको छ।

परीक्षणमा सहभागी गराइएका प्रमुख समूहहरूमा स्वास्थ्यकर्मी, विद्यार्थी, अस्पतालमा रहेका बिरामी तथा दीर्घकालीन उपचारसेवामा रहेका आश्रितहरू रहेका स्वास्थ्य विज्ञहरूले जनाएका छन्।

Laxmi sunrise bank
kumari

प्रभावकारी पाइएमा सुईमार्फत् दिइने यो औषधिले खोप लगाउन नभ्याइएका वा नहुने जोखिम वर्गका मानिसलाई रक्षा गर्ने ठानिएको छ। साथै यसले महामारीलाई नियन्त्रण गर्न पनि सघाउने ठानिएको छ।

बेलायतको यूनिभर्सिटी कलेज लन्डन हस्पिटल्स (यूसीएलएच) एनएचएस ट्रस्टमा भइरहेका परीक्षणमा दुई भिन्न प्रकारका एन्टिबडी तत्त्वहरूलाई सुईमार्फत् दिँदा कोभिडको सम्पर्कमा आएका मानिसहरूलाई बिरामी हुनबाट वा कम्तीमा सिकिस्त बिरामी हुनबाट जोगाउन सकिन्छ कि भनेर हेरिनेछ। 

कोरोनाभाइरसको सम्पर्कमा आएमा व्यक्तिलाई तत्काल खोप दिएर यसले काम गर्न केही साता लाग्ने तर यो औषधिले अपेक्षाकृत सफलता पाएमा उनीहरूका लागि यो वरदान बन्नेमा विज्ञहरूले आशा गरेका छन्। 

एस्ट्राजेनेकाले विकास गरेको यो मनोक्लोनल एन्टिबडी उपचारले तत्काल त्यस्ता भाइरसलाई निस्तेज बनाउन थाल्छ। अनि यसले कम्तीमा एक वर्षसम्म उक्त व्यक्तिलाई सुरक्षा प्रदान गर्न सक्ने औषधि निर्माता कम्पनीका अधिकारीहरूले बताएका छन्। 

प्रकाशित: Dec 27, 2020| 01:52 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।