बिहीबार, फागुन २८, २०८२

जापानका प्रधानमन्त्री भन्छन्- संकटकाल आवश्यक छैन

जापानका प्रधानमन्त्री योशिहिडे सुगाले जापानमा संकटकाल लगाउन आवश्यक नभएको बताएका छन्।
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

टोकियो- जापानका प्रधानमन्त्री योशिहिडे सुगाले जापानमा संकटकाल लगाउन आवश्यक नभएको बताएका छन्।

National life

कोरोनाभाइरसको महामारी फैलिन रोक्न जापानमा संकटकाल लगाउने वा नलगाउने भन्ने चर्चा चलिरहेका समय प्रधानमन्त्री सुगाले शुक्रबार देशव्यापी संकटकालको आवश्यकता नभएको बताएका हुन्। 

राजधानी टोकियोलगायतका सहरहरूमा कोरोनाभाइरसको महामारी बढीरहेका बेला उनले यस्तो बताउनुलाई महत्वका साथ लिइएको छ। 

सन् २०२० को अन्तिम पत्रकार सम्मेलनमा उनले कोरोना महामारी नियन्त्रणसम्बन्धी विज्ञहरूको उच्चस्तरीय टोलीले आफूलाई अब संकटकालको आवश्यकता नरहेको बताएको जानकारी दिएका छन्

उनले क्रिसमस र नयाँ वर्ष मनाउने क्रममा जापानमा रहेकाहरूले शान्तिपूर्वक र सतर्कता पूर्वक मनाउने विश्वास पनि व्यक्त गरेका छन्। 

Laxmi sunrise bank
kumari

प्रतिबन्धात्मक व्यवस्था र आधारभूत स्वास्थ्य मापदण्ड पालना गर्दै निश्चित अवधिका लागि मात्रै व्यापारिक प्रतिष्ठानहरू खोल्न अनुमति दिइएको छ।  

टोकियोमा मात्रै दैनिक ९०० को हाराहारीमा नयाँ सङ्क्रमित थपिने गरेका छन्। 

जापानका कोरोनाभाइरसबाट अहिलेसम्म दुई लाख १४ हजार ५१४ जना सङ्क्रमित भएका छन्। तीमध्ये तीन हजार ७९२ जना पछिल्लो २४ घण्टामा थपिएका हुन्। रासस

प्रकाशित: Dec 25, 2020| 15:10 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।